अपडेट 
एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत | विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित | खानेपानी मन्त्री खानले भने – सबै मन्त्रालयले मेरो जति काम गरे देश बन्न समय लाग्दैन | नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी शनिबार नेपाल आईपुग्ने |
२०७९ कार्तिक २७, आईतवार ०६:५८ बजे

पर्सा –परिवर्तन गर्नको लागी आफुलाई मतदान गर्न पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ताले आग्रह गरेकी छन ।
आज शनिबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर दुई सुरजाहामा आयोजित चुनावी रात्रि कोण सभालाई सम्बोधन गर्दै डा.गुप्तले बिगतमा जिताएका नेताले काम गर्न नसक्दा निरासा भएका मतदाताले एक पटक मलाई बिश्वास गर्नुपर्ने कुरामा जोड दिएको जसपाका नेता पवन सिंहले जानकारी दिए ।
उनले आफु निर्वाचित भएपाछी जनताको आपेक्षा भन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरेको जसपा नेता सिंहले बताए ।
यसैबीच प्रदेश सभा सदस्यकी उम्मेदवार डा.गुप्ता पर्साको पोखरिया नगरपालिका र पकहाँमैनपुर गाउँपालिको बिभिन्न वडामा चुनावी घरदैलो कार्यक्रम गरेकी जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले बताए । उनले घरदैलोको क्रममा डा.मधुलाई मतदाताले अधिक रुचाएको बताए ।
देशमा नै नयाँ जोश जाँगर , अनुभबी र युवा उम्मेदवार जनताले रुचाउन थालेको पर्सा क्षेत्र नम्बर ३ को ( ख ) मा पनि यसको प्रभाव परेको हुदा डा.मधु प्रति जनताको रुझान बढेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय