अपडेट 
दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता |
२०७९ कार्तिक २८, सोमबार ०८:५१ बजे

धनुषा – धनुषाका एसपी वसन्त रजौरेमाथि विभागीय कारबाही गर्न प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।

मातहतमा राम्रोसँग निगरानी र नियमन गर्न नसकेको आरोपमा उनीमाथि कारबाही गर्न प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले मधेस प्रदेशका प्रहरी प्रमुख मसउद आलम खाँलाई निर्देशन दिएका हुन्।

प्रदेशस्तरीय सुरक्षास्तरीय गोष्ठी चलिरहेकै वेला गत साता धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका थिए। नगराइन नगरपालिका–२ जटहीस्थित पसलबाट चार हजार घुस लिँदै गर्दा नायब निरीक्षक देवकीलाल चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १७ कात्तिकमा रंगेहात पक्राउ गरेको थियो।

त्यसवेला गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव विनोदप्रकाश सिंह, आइजिपी सिंहलगायत उच्च प्रहरी अधिकारी सुरक्षा गोष्ठीका लागि धनुषामै पुगेका थिए। मातहतमा राम्रो कमान्ड गर्न नसकेको भन्दै एसपी रजौरेमाथि कारबाही गर्न सुरक्षा सम्मेलनपछि महानिरीक्षक सिंहले निर्देशन दिएको प्रहरी उच्च स्रोत बताउँछ।

तर, मधेस प्रदेश प्रहरी कार्यालयले भने अझै कारबाही प्रक्रियाअघि बढाएको छैन। आफू केही दिन कार्यालयबाहिर रहेकाले कारबाही प्रक्रियाबारे जानकार नभएको डिआइजी खानले बताए। पछिल्लो केही महिनायता मधेसका सीमानाकामा विकृति बढेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको छ। महेन्द्रनगर पोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय