
वीरगंज –जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट जसपाकी प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले नेकपा एमालेको पूर्ण साथ पाई रहनुभएको जसपा पर्साले जनाएको छ । जसपा एमालेको भित्र मतभेद रहेको कुरा मिडियामा आईराहेको बेला एका एक एमालेको ठुलो हल्का बीच डा.मधुले मतदाता घरदैलो गरिरहनुभएको तस्बिर सार्वजनिक भएको छ । बाहिर भनिएको जस्तो खास गरेर पर्सा क्षेत्र नम्बर ३ मा जसपा एमालेको गठबन्धन बीच कुनै मतभेद नरहेको र एकअर्कालाई सहयोग गर्दै दुवै पार्टी अगाडी बढेको जसपाकी प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधुले बताउनुभयो ।