
वीरगंज : पर्साको ग्रामिण भेगमा पर्ने भिस्वा र सबैठवा सिमानाकाबाट स्थानीय प्रहरी प्रशासनकै मिलोमतोमा तस्करहरुले भन्सार छली अवैध रूपमा भारतीय समानहरु तस्करी गरि नेपालको पोखरिया , महुवन बजार , निचुटा,देउरिया,बढनिहार , रंगपुर, जितपुर लगायत ठाउहरुमा पठाईरहेको खुलासा भएको छ ।
यस क्षेत्रका नमुदत तस्कर सत्रुधन भने बैलाका समुह र अन्य २ -३ जना तस्करहरुले सिमापारी भारतबाट चप्पल जुत्ता , कपडा, पारचुनका सामान , पावडर दुध , हार्डवेयरका सामान, स्पेयर पार्टस,औषधी लगायतका सामानहरुको तस्करी गर्न लाईन पाएका छन ।
स्थानीय बासिन्दाका अनुसार उक्त नाकाबाट दैनिक रुपमा स्थानीय प्रहरी प्रशासनकै सेटिङमा बिना भन्सार लाखौं लाखको सामान नेपाल भित्रिन्छ।
सिमा सुरक्षामा खटिने सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका स्थानीय युनिट इन्चार्जहरु नै अवैध धन्दामा लाग्दा राज्यलाई कराडौं राजश्व नोक्सानी भइरहेको स्थानीय बताउँछन्।
‘यो नाकामा दिउँसो नै तस्करीका सामान खुलेआम रुपले भित्रिन्छ, रातको समयमा त झन् के हुन्छ होला तपाई आफैं कल्पना गर्नुस्,’ नाम नछाप्ने शर्तमा भिस्वाका एक जना स्थानीय ले भने ।