अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७९ मंसिर १५, बिहीबार ०८:२१ बजे

काठमाडौँ । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

ती मध्ये नौ महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा (एमाले)बाट बारा-३ बाट ज्वालाकुमारी साह, धनुषा–३ बाट जुलीकुमारी महतो, सुनसरी-३ बाट भगवती चौधरी र कास्की–२ बाट विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

यसैगरी तेह्रथुम–१ बाट नेपाली कांग्रेसका सीता गुरुङ, दाङ–२ बाट नेकपा (माओवादी केन्द्र)का रेखा शर्मा, कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्की र सोही पार्टीका सोबिता गौतम काठमाडौँ–२ बाट निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा निकटतम प्रतिस्पर्धीका रूपमा पराजित हुनेमा १५ महिला उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा एक, कर्णाली प्रदेशमा एक, लुम्बिनी प्रदेशमा पाँच, गण्डकीमा एक, बागमती प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा तीन निकटतम प्रतिस्पर्धी महिला उम्मेदवार बनेका छन् । पराजित हुने अधिकांश पूर्वसासंद हुन् ।

प्रदेश १

मोरङ निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेलसँग एक हजार दुई सय आठ मतले पराजित भए । उनले ३१ हजार नौ सय ४० मत प्राप्त गरे ।

सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ जनता समाजवादी पार्टीका अशोक राईको निकटतम प्रतिस्पर्धी बने । मतगणनाका क्रममा केही समय अग्रता लिएका तामाङ अन्तिम मतपरिणाममा भने चार सय ५३ मतान्तरले राईसँग पराजित भए । उनले १६ हजार छ सय छ मत ल्याएका हुन् ।

एमालेका मञ्जुकुमारी चौधरी उदयपुर–१ मा कांग्रेसका डा. नारायण खड्कासँग पराजित भएका छन् । डा. खड्कासँग दुई हजार तीन सय ७९ मतान्तरले चौधरी पराजित भएका थिए ।

मधेश प्रदेश

सिरहा–२ मा जनता समाजवादी पार्टी (जसपा) का राजकिशोर यादवसँग कांग्रेसका चित्रलेखा यादव एक हजार एक सय ५० मतान्तरले पराजित भए । चित्रलेखाले २३ हजार २८ मत प्राप्त गरे ।

कर्णाली प्रदेश

जुम्ला–१ मा माओवादी केन्द्रका गोमा गौतम (कुँवर) राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीको निकटतम प्रतिस्पर्धी बने । उनले ११ हजार नौ सय ५९ मत ल्याए भने शाहीले २२ हजार आठसय १९ मत ल्याए ।

लुम्बिनी प्रदेश

दाङ–१ मा एमालेकी शान्ता चौधरी नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीको निकटतम प्रतिस्पर्धी बने । शान्ता मेटमणिसँग पाँच हजार ८३ मतान्तरले पराजित भए । शान्ताले २१ हजार चार सय ९३ मत प्राप्त गरे ।

दाङ–३ मा एमालेका कोमल वली कांग्रेसका दीपक गिरीको निकटतम प्रतिस्पर्धी बने । गिरी ३६ हजार नौ सय ११ मतसहित निर्वाचित भए । गिरीसँग सात हजार आठ सय १९ मतले वली पराजित भए ।

प्यूठान–१ मा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल एमालेका सूर्यबहादुर थापा क्षेत्रीसँग पराजित भए । थापा ४१ हजार एक सय १८ मत ल्याई निर्वाचित हुँदा पाँच हजार तीन सय चार मतान्तरले पौडेल पराजित भए । पौडेलले ३५ हजार आठ सय १४ मत ल्याए ।

अर्घाखाची–१ मा कांग्रेसका पुष्पा भुसाल (गौतम) एक हजार सात सय ३० मतले एमालेका टोपबहादुर रायमाझीसँग पराजित भए । भुसालले ४० हजार नौ सय ४५ मत ल्याए ।

गुल्मी–२ मा नेकपा (एकीकृत समाजवादी) का रामकुमारी झाँक्री एमालेका गोकर्णराज विष्टसँग दुई हजार ३५ मतान्तरले पराजित भए । झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरे ।

गण्डकी प्रदेश

बागलुङ–२ मा एमालेका मञ्जु शर्मा चार हजार छ सय एक मतान्तरले माओवादी केन्द्रका देवेन्द्र पौडेलसँग पराजित भए । शर्मा २० हजार एक सय ९३ मत प्राप्त गरी पौडेलको निकटतम प्रतिस्पर्धी बने ।

बागमती प्रदेश

मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका महालक्ष्मी उपाध्याय (डीना) दुई हजार तीन सय ८६ मतान्तरले राप्रपाका सिंहसँग पराजित भए ।

सुदूरपश्चिम प्रदेश

कञ्चनपुर–१ मा एमालेका तारा लामा तामाङ निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका बीना मगर थिए । पाँच हजार पाँच सय ४३ मतान्तरले पराजित भएका मगरले १९ हजार चार सय मत प्राप्त गरे ।

कन्चनपुर–३ मा कांग्रेसका रमेश लेखकसँग एमालेका निरुदेवी पाल १२ हजार ९० मतान्तरले पराजित भए । डोटी–१ मा एमालेका गौरीकुमारी ओली, एकीकृत समाजवादीका प्रेमबहादुर आलेसँग चार हजार दुई सय छ मतान्तरले पराजित भए ।

‘आन्तरिक संगठन बलियो भएन’

एमालेका गौरीकुमारी ओली भने, ‘मैले जति मत पाएकी छु त्यो जनताले स्वःस्फूर्त दिएको मत हो । म उहाँहरूको मनमा बस्न सफल भएको छु ।’ सोही पार्टीका कमल वली मतदाता शिक्षाका अभावमा बदरमतको कारण पनि आफ्नो मत काटिएको बताउछन् ।’

पराजित भएपछि निर्वाचन समीक्षा गर्दै एमालेका पाल भने, ‘मेरो हारको मुख्य चुनौती गठबन्धन बन्योे ।’

गठबन्धनका तर्फबाट कांग्रेसका पराजित कोइराला भने, ‘गठबन्धन भित्रबाटै सहयोग भएन, आन्तरिक संगठनहरू बलियो भएन । मलाई गठबन्धनका सबै दलबाट भोट प्राप्त भएन ।’ सोही पार्टीका यादवले भने, ‘गठबन्धनभित्रका साथीहरूबाट नै मत पाइनँ । हामीले सुरुमा आकलन गरेको गठबन्धनको मतले मेरो जित सुनिश्चित थियो । मैले उहाँहरूलाई विश्वास गरेँ । अन्तिममा भित्रबाटै धोका भयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय