अपडेट 
एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत | विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित | खानेपानी मन्त्री खानले भने – सबै मन्त्रालयले मेरो जति काम गरे देश बन्न समय लाग्दैन | नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी शनिबार नेपाल आईपुग्ने |
२०७९ मंसिर १९, सोमबार ०७:५६ बजे

महोत्तरी समाचारदाता, गुनस्तरिय शिक्षण सिकाइका लागी अगाडी बढी रहेका सोनमा गाउँ  पालिकामा रेकर्ड कायम गर्दै आइतवार देखि पालिका स्तरिय अर्ध बार्षिक परीक्षा सुरु भएका छन।

१७ ओटा समुदायिक, १ ओटा संस्थागत र १ ओटा मदर्सा रहेको सोनमा गाउपालिकामा करिब १२ ओटा बिद्यालयहरु अर्ध बार्षिक परिक्षामा सहभागी भएका छ्न। पालिका स्तरमै प्रश्न पत्र निर्माण गरि परिक्षा सुरु भएका कुरा परीक्षा समितीका संयोजक अरुन कुमार यादवले जानकारी दिनु भएको छ। बिगतमा जिल्ला बाट प्रश्न पत्र ल्याउदा धेरै त्रुटीहरु फेला परेको थियो साथै स्थानिय पठनपाठन अनुसार समेत प्रश्न पत्र निर्माण नहुदा विद्यार्थी हरुमा सम्स्या देखिन्थ्यो त्यसैले पालिका स्तरमै प्रश्न पत्र निर्माण गरि परीक्षा सुरु गरिएको छ, बार्षिक परिक्षामा पालिका भरिका सबै बिद्यालय सहभागी हुने कुरा संयोजक यादवले बाताएको छ।

पालिका स्तरमै प्रश्न पत्र निर्माण गरि परीक्षा सुरु हुदा शिक्षा क्षेत्रमा अमुल्य परिवर्तन हुने छ, परिक्षामा पालिकाको पनि पुर्ण रुपले सहयोग हुनेछ, शिक्षा क्षेत्रलाइ नया तरिका बाट अगाडि लैजाने लक्ष्यका साथ अन्य क्षेत्रहरुमा काम जारी रहेको छ र शिक्षामा परिवर्तनको लागी सबैको सहयोगको आवश्यक्ता रहेको कुरा सोनमा गाउ पालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवले बताउनु भएको छ।

आफुलाइ पढाइ भएको पाठ अनुसार नै प्रश्न पत्र निर्माण हुदा र आफुलाइ पढाउने शिक्षकहरु ले प्रश्न पत्र निर्माण गर्दा राम्रो महसुस भइरहेको कुरा परिक्षार्थी हरुको भनाइ रहेको छ।

मङ्सिर १८ गते बाट सुरु भएका अर्ध बार्षिक परीक्षा २७ गते सम्म सन्चालन हुने कुरा परीक्षा समितीले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय