अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ मंसिर २३, शुक्रबार २१:१४ बजे

वीरगंज – २३ मंसिर। ग्लोबल विजनेश क्लेजमा अध्ययनरत वीवीएसका विद्यार्थीहरुको आयोजनामा रक्तदान कार्यक्रम समपन्न भएको छ ।

जाडो मौसममा चिसो बढेसंगै हुने रगत अभावलाई परिपुर्ति गर्नका लागी अयोजना गरेको रक्तदान कार्यक्रममा २० महिला सहित एक सय ३१ जनाले रक्तदान गरेका छन् ।

वीरगंजको ओम आश्रम नजिकै श्रीपुरस्थित रहेको ग्लोबल विजनेश क्लेज परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा क्लेजका ११, १२, वीवीएस प्रथम वर्ष र दोश्रो वर्षका विद्यार्थीहरुले रक्तदान गरेका थिए ।

विहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा क्लेजका सञ्चालक श्रीराम दास, ओम प्रकास श्रेष्ठ र अशोक सरार्फले रक्तदान गरि कार्यक्रम उदघाटन गरेका थिए ।

रक्तदान कार्यक्रममा सिमरण सिंह, विजया ओझैया, सुरभि वर्णवाल, गुडिया वर्णवाल, पुजा गुप्ता, अनु ठाकुर, सरिता मेहता, तेरु नेसा खातुन, आरति वर्णवाल, श्रेया सिह, मुुनि महतो, नोमि मिश्रा, राखि कर्ण, निरुता मुखिया, सुनिता कुमारी लगायत २० महिला सहित १ सय ३१ जनाले रक्तदान गरेका हुन् ।

ग्लोबल विजनेश क्लेजका प्रधानाध्यापक श्रीराम दासको सभापतित्वमा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्रका टोलि प्रमुख धिरेन्द्र झा, ब्लड डोनर्स एशोसिएसनका सचिव अरविन्द सिंह, स्वयमसेवी राजन श्रीवास्तव, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, युवा नेता ओम प्रकाश सरार्फ, दिलिप राज कार्की, कलेजका प्रध्यापक ओम प्रकाश श्रेष्ठ, अशोक सरार्फ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय