अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ पुष २, शनिबार १७:०६ बजे

बिरगंज – २ पुष । सेकेण्ड फेलोसिप क्रिकेट प्रतियोगिता २०२२ को उपाधि नेपाल पत्रकार महासंघ पर्साले पाउन सफल भएको छ ।
शनिबार बिरगंज स्थित ज्ञानदा एकडेमीमा आयोजित प्रतियोगितामा रोटरी क्लबलाई ९ बिकेटले हराउदै पत्रकार महासंघ पर्सा बिजयी भएको छ । पहिलो ६ ओभरको खेलमा रोटरी क्लबले ६२ रन बनाएकोमा जवाफी व्याटिङ्गमा उत्रेको महासंघले ३ बल अगाडि नै १ बिकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।

प्रतियोगितामा सफल खतिवडा, सदाम हुसेन र अरबिन्द पटेलले आक्रमक ब्याटिङ्ग गरेका थिए । महासंघका कप्तान भुषण यादवले चौका प्रहार गर्दैैै खेल जिताएका थिए । यादवको कप्तानीमा खेलिएको प्रतियोगितामा आरोहण साह,राम मेहता,बिनय कुशवाहा, कृष्णा कुशवाहा,आनन्द पटेल,तिवारी यादवले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

बैंकर एशोसियनलाई पराजित गर्दै सुखद सुरुवात गरेको महासंघले सेमिफाईनलमा वीरगंज उद्योग वाणिज्य संघलाई पराजित गरि फाईनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिता अन्तर्गत खेलिएको तिन वटै खेलको म्यान अफदि म्याच महासंघका सदाम हसुेन र म्यान अफदि सिरिजको उपाधि पनि सदामले पाएका थिए । बलिङ्ग तर्फ महासंघका सदाम हुसेनले ह्याट्रीक लिदै प्रतियोगितामा कुल ६ बिकेट लिदै ३२ रन बनाएका थिए । त्यस्तै प्रतियोगितामा सफल खतिवडाले २ तथा अरबिन्द पटेल र बिनय कुशवाहाले एक एक बिकेट हात पारेका थिए ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,सहसचिव जितेन्द्र साह, कोषाध्यक्ष संजिव मिश्रा, बरिष्ठ पत्रकार बिजय कुशवाहा, तुलसी भण्डारी ,प्रेस चौतारी पर्साको कोषाध्यक्ष राकेश साह लगायतको उपस्थिती थियो । एनवाईईफ र वीरगंज बैंकर्सको आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय