२०७९ पुष ६, बुधबार २१:२५ बजे

बिरगंज – ६ पुस । पर्साको पोखरिया नगरपालिकामा विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि स्थानीय तह शिक्षा समुह गठन,परिचालन, समन्वय र अभिमुखीकरण सम्बन्धी पालिका स्तरीय अभिमुखी कारण कार्यक्रम आज सम्पन्न भएको छ ।

शिक्षा बिकास निर्देशनालय मधेश प्रदेशले आयोजना गरेको पालिका स्तरीय अभिमुखिकरन कार्यक्रममा पोखरिया नगरपालिकामा ११ सदस्यीय स्थानीय तह शिक्षा समूह गठन भएको हो ।

पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानको अध्यक्षतामा गठन भएको समूहको सदस्यमा उपमेयर रूबी कुमारी ठाकुर, विजय कुमार झा, वडा अध्यक्ष नौसद आलम लगायतका रहेका छन।

शिक्षा बिकास निर्देशनालय मधेश प्रदेशको आयोजन तथा EU/UNICEF को आर्थिक सहयोग र NSET नेपालको सहजीकरणमा गठन भएको यस शिक्षा समुहले शिक्षा सम्बन्धी विपद् र त्यसबाट आउन सक्ने जोखिमलाई न्यूनीकरण तथा जोखिम हुन नदिने विभिन्न किसिमका क्रियाकलाप पालिका तथा अन्य विभिन्न सहयोगी संस्था , दातृ निकायको समन्वयमा विद्यालय,समुदाय तथा समग्र शौक्षिक क्षेत्र लाई सहयोग पुग्ने गरी कार्य गर्ने छ ।

यस समुहको बैठक हरेक महिनाको पहिलो हप्ता गर्ने र आफ्नो नगर पालिका भित्र को शिक्षा सङ्ग जोडिएका विपद् तथा त्यस बाट वच्ने उपायको बारेमा विस्तृत छलफल गरी त्यसको समाधानको उपाय बारे आवश्यक परामर्श गरी अगाडि बढिने छ ।

कार्यक्रमको सहजीकरण नगर पालिकाको शिक्षा प्रमुख विजय झा र पालिका क्लस्टर कोर्डिनेटर मित्रदेब यादवले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय