अपडेट 
जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार | एसपी कुमोध ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड | पर्साको वीरगंजमा अनिश्चितकाल कर्फ्यू आदेश जारी | आम ट्रेड यूनियन फेडरेशन नेपालको महासचिवमा तेज नारायण थारु चयन | डिएसपी गोविन्द पन्थीलाई ‘अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड’ | गुप्ताले गर्ने अनियमिततामा पाेखरिया नगरपालिकाकाे पनि साथ | वसन्त पञ्चमी आज, देशभर सरस्वतीको पूजा आराधना गरी मनाइँदै | नेपाल प्रहरीका ७८ एसपीको सरुवा, पर्सामा सिंघम एसपी कुमोध ढुंगेल |
२०७९ पुष ७, बिहीबार १९:५८ बजे

पर्सा ८ पौष । पर्साकाे धोबिनी गाउँपालिकामा सुविधा सम्पन्न प्रयाेगशाला स्थापना हुने भएकाे छ ।धोबिनी गाउँपालिका वडा नं ४ मा रहेको स्वास्थ्य चौकी लंगडी मा प्रयोगशाला स्थापनाको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले बिहिवार धोबिनी गाउँपालिकालाई ६० लाख बराबरको ल्याब सम्बन्धित स्वास्थ्य सामग्री र उपकरणहरु उपलब्ध गराएकाे छ ।
गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान काे पहल मा गाउँपालिकामा सुविधासम्पन्न प्रयाेगशाला स्थापनाकाे लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आवश्यक सामग्री र उपकरणहरु उपलब्ध गराएकाे प्रमुख प्रशासकिय अधिकृत महम्द नवाज हुसेन ले जानकारी जराएका छन।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम बाट सामग्री बुझ्न गाउँपालिका अध्यक्ष चौहान को नेतृत्व प्रमुख प्रशासकिय अधिकृत महम्द नवाज हुसेन र स्वास्थ्य चौकी लंगडिका प्रमुख मनु पटेल लगायत का टोली पुगेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम र धोबिनी गाउँपालिका बीच १८ बुंदे सम्झाैता समेत भएकाे प्रमुख प्रशासकिय अधिकृत हुसेन ले जानकारी गराए ।
समझाैता अनुसार प्रयोगशालासंग सम्बन्धित प्राविधिक तथा प्रशासनिक विषयहरु प्रदेश प्रयोगशालासंग समन्वय गरी संचालन गर्नु पर्नेछ । सेवाग्राहीलाई बस्ने, खानेपानी र आराम गर्ने राम्रो व्यवस्था स्थानिय तहले गर्नु पर्ने छ । ल्याव रिपोर्टको राम्रो व्यवस्था गर्नु पर्ने छ, DHIS 2 लगायतका रिपोर्टिङहरु तोकिएको समय गर्नुपर्ने छ ।
कर्चारी र Kits/Reagents/Consumables को व्यवस्था यस आर्थिक बर्षकाे लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्नेछ । आगामी वर्षको लागि प्रदेश सरकारबाट वजेट प्राप्त भए अनुसार हुनेछ । अन्यथा पालिकाले स्वास्थ्यको बजेटबाट गर्नु पर्नेछ । जनशक्तिहरुलाई तालिम प्रयोगशालाबाट प्रदान गरिनेछ ।
सम्पन्न दुई पक्षिय सम्झाैता पत्रमा प्रदेश जनस्वास्थ्य प्रयाेगशालाका निर्देशक डा. श्रवण कुमार मिश्र, गाउँपालिका अध्यक्ष चौहान र लंगडि स्वास्थ्य चौकी प्रमुख मनु पटेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय