अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७९ पुष ९, शनिबार १३:३१ बजे

वीरगंज । हिमाल बचत तथा ऋण सहकारी संस्था वीरगंजको १५औं वार्षिकोत्सवको सु–अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंजको नेशनल मेडिकल कलेज र हिमाल बचत तथा ऋण सहकारी संस्था वीरगंजको संयुक्त सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम संचालन गरिएको जनाइएको छ ।

नेशनल मेडिकल कलेज प्राèणमा सम्पन्न रक्तदान कार्यक्रममा १०८ जना पुरुष एवं ५५ जना महिला सहित १६३ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेशनल मेडिकल कलेजका प्रिन्सिपल डा. के.एन. सिंहले रक्तदान कार्यक्रमको महत्व दर्शाउँदै हिमाल बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेर मानवीय सेवामा समेत उल्लेख्य काम गरिरहेको बताउनुभयो ।

रक्तदान कार्यक्रममा नेशनल मेडिकल कलेजका डा. अन्जना के.सी., डा. सुमित्रा दाहाल, डा. संजय कुमार साह, डा. अमित झा, डा. रुपेश चन्द्र यादव, कलेजका विद्यार्थीहरु सुमित यादव, संदिप कुशवाहा, कबिता रेग्मी, मो. अदनान सिद्दीकी, रुपेश कुमार साह, अभिषेक कुमार यादव लगायतले रक्तदान गरेका थिए ।

सो अवसरमा नेशनल मेडिकल कलेजकी हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ, एकेडेमीक डाइरेक्टर डा. नुसरत जहाँ, मार्केटिङ डाइरेक्टर शहनवाज अन्सारी, प्रवक्ता सेराज अहमद लगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय