
हरिकिशोर शर्मा पौष ११ जिराभवानी पर्सा जिराभवानी गाउँपालिकामा सुबिधा सम्पन्न प्रयोगशाला स्थापना हुने भएको छ ।जिराभवानी गाउँपालीका वार्ड नम्बर २ को सेढ्वामा रहेका स्वास्थ्यचौकीमा प्रयोग शाला स्थापनाको लागि प्रदेश जनस्वास्थ्य प्रयोग शाला जनकपुरधामले आज जिराभवानी गाउँपालिकालाई ६० लाख बराबरको ल्याब सम्बन्धि स्वास्थ सामाग्री र उपकरणहरु उपलब्ध गराएको छ।जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको पहलमा गाउँपालिकामा सुबिधा सम्पन्न प्रयोग शाला स्थापनाको लागि प्रदेश जनस्वास्थ्य प्रयोग शालाले आवश्यक सामाग्री र उपकरणहरु उपलब्ध गराएको प्रमुख प्रशाकिय अधिकृत प्राण मेहताले बताएका छ्न । प्रदेश जनस्वास्थ्य प्रयोग शाला जनकपुरधाम बाट सामाग्री बुझन जिराभवानि गाउँपालीकाका अध्यक्ष चौधरीको नेतृत्वमा प्रमुख प्राशाकिय अधिकृत प्राण मेहता र जिराभवानी गाउँपालिकाका स्वास्थ्य प्रमुख अजय दास लगाएतको टोलि पुगेर प्रदेश जनस्वास्थ्य प्रयोग शाला जनकपुरधाम र जिराभवानी गाउँपालिका बिच केही सम्झौता समेत भएको जिराभवानी गापाका प्रमुख प्रशाकिय अधिकृत प्राण मेहताले जानकारी गराए ।समझौता अनुसार प्रयोगशाला सङ्ग सम्बन्धित प्राविधिकहरू तथा प्रशसनिक बिषयहरु प्रदेश प्रयोगशाला संग समुनय गरि संचालन गर्नु पर्ने छ।सेवाग्राहीहरु लाई बस्ने खानेपानी र आराम गर्ने राम्रो ब्वस्था स्थानीयतहले गर्नुपर्नेछ।ल्याब रिपोर्टको राम्रो ब्वस्था गर्नुपर्ने छ।डिस 2 को लगाएत रिपोर्टहरु तोकिएको समयमा गर्नुपर्ने छ।कर्मचारी र kits /Reagents / Cansumbales को ब्वस्था यश आर्थिक बर्षको लागी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्नेछ।आगामी बर्षको लागि प्रदे!सरकारबाट बजेट प्राप्त अनुसार हुनेछ ।अनेथा पालिकाले स्वास्थको बजेट बाट गर्नुपर्ने छ।जनशक्तिहरुलाई तालिम प्रयोगशालाबाट प्रदान गर्नेछ ।समपन दुईपक्षय समझौता पत्रमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा, सरवन कुमार मिश्र गाउँपालिका अध्यक्ष अनोज चौधरी र जिराभवानी गापाका स्वास्थ सयोजक अजय दासले हस्ताक्षर गरेका छ्न ।