
काठमाडौं। भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जादै गरेका सशस्त्र प्रहरी जवान अनन्त महत मस्याङदी नदीमा बेपत्ता भएका छन्।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले दिएको जानकारी अनुसार उनी आज शुक्रबार बिहान साढे १० बजे मस्याङदी गाउँपालीका-४ काभ्रेभिरबाट बेपत्ता भएका हुन्।
उनी लमजुङ बेसिशहरबाट मनाङतर्फ जादै गर्दा बाटोमा गाडी रोकेर ओलिएका थिए। ग१ज ७३३५ नम्बरको गाडीमा सवार महत सडक किनारमा पिसाब फेर्न जाने क्रममा भीरबाट लडेको सशस्त्र प्रहरीले जनाएको छ। उनी भीरबाट सिधै मस्याङदी नदीमा खसेका हुन् ।
नदीमा बेपत्ता महतको खोजीकार्यका लागि बेंसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर खोजतलास भइरहेको छ ।