
नरेन्द्र महतो-महाेत्तरी,
सोनमा गाउपालिकाले सितलहर संगै बढेकाे जाडाे बाट बच्न आगो ताप्नको लागी पालिका भरी दाउरा बितरन गरिएको छ।
गाउँ पालिका कार्यालयले ८ वटै वडामा आवश्यक स्थानको पहिचान गरी आगो ताप्न दाउरा उपलब्ध गराएको छ। बुधवार देखि सितलहरी सुरु भएकाले ठाउ ठाउँमा दाउरा पठाएर आगो ताप्ने व्यवस्था मिलाइएको सोनमा गाउपालिकाका अध्यक्ष बिशेश्वर प्रसाद यादवले बताएका छन।
सोनमा गाउपालिकाले यस वर्ष जाडोबाट बँच्न आगो ताप्न दाउराको व्यवस्था वन बाट दाउरा किनेर गाउपालिका भित्र आवश्यक परेका ठाउँमा आगो बाल्न दाउरा तत्काल पुर्याउने व्यवस्था मिलाइएको बताउँदै गाउपालिका अध्यक्ष यादवले जरुरत परेको ठाउँमा स्थानीय जनप्रतिनिधि सँग समन्वय गरी दाउरा माग गर्न आग्रह गरे ।
पालिकाले बजार क्षेत्र, चौक, वडा कार्यालय, मन्दिर, गाउको बीच लगायत हरेक वडाको बीच स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको गाउँ पालिकाले जनाएकाे छ ।