अपडेट 
मधेश प्रदेशबाट मौलायो हुण्डी कारोबार, स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय पक्राउ | दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण |
२०७९ पुष २०, बुधबार १८:३८ बजे

हरिकिशोर शर्मा जिराभवानी २० पुस पर्साको जिराभवानी गाउँपालिकामा आजबाट ढकिया बुनाई प्रतियोगिता सुरु भएको छ । आस्था नेपाल बीरगंजको आयोजना तथा जिराभवानी गाउँपालिकाको सहयोगमा सो कार्यक्रमको आयोजना भएको हो । वडा नं ४ सुपौलीको खेलमैदानमा शुरु भएको सो प्रतियोगितामा एक सय पचासँ समूह सहभागी रहेका छन् ।कार्यक्रमको उद्घघाटन गर्दै गाउँपालिका अध्यक्ष अनोज चौधरीले थारु संस्कृति अन्तर्गत लोप हुदै गएको ढकिया संरक्षण तथा प्रवद्र्धनका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । स्थानीय स्रोत साधनको प्रयोगबाट बुनीएका ढकियालाई बजारिकरण गरी स्थानीय महिलाका पेशागत क्षमतामा अभिबृद्धि गर्न सकिने अध्यक्ष चौधरीले बताउनुभयो ।पालिकाले यस प्रतियोगिता अन्र्तगत तयार गरिएका ढकियालाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरमा बजारिकरण गर्न पहल गर्नेमा वक्ताहरुले जोड दिएका छन् । उत प्रतियोगितामा पच्चिस वर्षभन्दा कम उमेर समूह भएका र पच्चिस वर्षभन्दा माथि भएका उमेर समूह गरी विभाजित भई प्रतियोगिता हुदैँछ ।प्रतियोगितामा प्रथम हुने समूहलाई नगद पचिस हजार रुपैया र ट्रफी, द्धितीय हुने समूहलाई नगद १५ हजार नगद सहित ट्रफी र तृतिय हुने समूहलाई नगद १० हजार नगद सहित ट्रफी प्रदान गरिने आयोजक संस्थाका सदस्य गोबिन्द चौधरीले जानकारी दिनुभयो ।वडाध्यक्ष राजेश्वर दासको सभ कार्यक्रममा थारु मून सनलाईट यूवा स्पोर्ट्स क्लब सुपौलीका अध्यक्ष रुपनारायण चौधरी लगायतको उपस्थिती रहेको छ । प्रतियोगिताको अन्तिम नतिजा भोली बिहिवार प्रकाशन हुने आयोजक पक्षले जनाएको छ । पर्सामा पहिलो पटक ढकिया बुनाई कार्यक्रमको आयोजना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय