अपडेट 
यस्तो छ सीके राउतको जनमत पार्टी सरकारबाट वाहिरिनुको दुई कारण | कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत | शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ | दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए |
२०७९ पुष २५, सोमबार २०:४९ बजे

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ईमान्दारिताकासाथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिमको पौष २५ गते अन्तिम प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्र र नागरिकले अपेक्षा लिए अनुरुपको कार्यसम्पादन गर्न भनेका छन् ।

महानिरीक्षक अर्यालले राज्यले सुम्पिएको जिम्मेवारी पुरा गर्नु सबैको दायित्व रहेको बताउँदै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु आफ्नो जिम्मेवारीको क्षेत्रहरुमा खटिदा राष्ट्र र नागरिकले अपेक्षा लिए अनुरुपको कार्यसम्पादन गरी संगठनको लक्ष्य प्राप्तीतर्फ लाग्नुपर्नेमा जोड दिएका हुन् ।

दर्जासँगै बढेको जिम्मेवारीलाई उच्च अनुशासित र ईमान्दार भई जिम्मेवारी पुरा गर्न कुनै पनि हालतमा विचलित नभई कार्यक्षेत्रमा परिस्थिती अनुसार देश र जनताको सेवा, सुरक्षा तथा आपत विपद्मा परेकाहरुको उद्धार कार्यमा लाग्नुपर्ने बताउँदै प्रतिष्पर्धात्मक युगमा समयसापेक्ष आफूलाई परिवर्तन गरी एउटा कर्तव्यनिष्ठ अधिकृतको रुपमा उभ्याउँदै सदैव मुलुक र मुलुकवासीको सेवामा समर्पित रहन निर्देशन दिए ।

महानिरीक्षक अर्यालले कार्यक्षेत्रमा आईपर्नेे जस्तोसुकै चुनौतीहरुलाई सामना गर्दा चेनअफ कमाण्डमा रहि कार्य गर्नुपर्नेमा जोड दिए । संगठनको कार्यादेश अनुरुप विभिन्न दर्जागत तहमा तालिम संचालन गरी संगठनलाई प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्नुकासाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरुमा कुशलतापूर्वक कार्यसम्पादन बहन गर्नसक्ने सक्षम एवं पेशागत दक्ष जनशक्ति उत्पादनको लक्ष्य लिई तालिमहरु संचालन गर्दै आईरहको उनको भनाई छ ।

सशस्त्र प्रहरीको विभिन्न तहमा भर्ना भई लामो समय जुनियर अधिकृतमा रहेर सेवा प्रदान गरी बढुवा भएका सिनियर अधिकृतहरुको जिम्मेवारी सहजताकासाथ बहन गर्न सकियोस् भन्ने अभिप्रायले संचालन गरिएको यस तालिमले कार्यक्षेत्रमा देखिने सुरक्षा चुनौती र प्रतिकुलताहरु चिर्न सफल हुने र संगठनले लिएको अपेक्षालाई कटिबद्ध भएर पुरा गर्न मद्दत पुग्ने विश्वास उनको छ ।

१२ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र नायव निरीक्षकबाट बढुवा भएका १ सय जना सशस्त्र प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

उक्त तालिममा हतियार, कवाज, फिल्ड क्राफ्ट, व्याटल क्राफ्ट, अपराध अनुसन्धान, व्यवस्थापन लगायतका विषयवस्तुमा लेक्चर, छलफल, शोधपत्र तथा बाहिरी अभ्यासको विधिबाट सैद्धान्तिक एवं व्यवहारिक रुपमा प्रशिक्षण प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय