अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ पुष २७, बुधबार १६:३७ बजे

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले पद तथा गोपनियताको शपथ लिए लगत्तै गृहमन्त्रालयमा आयोजित कार्यक्रममा भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताको नीति अपनाउने बताएका थिए । तर, उनी मातहतकै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भने बद्नाम ठेकेदारहरुका कारण संगठनकै बद्नाम हुँदै आएको छ ।

ठेक्कामा कार्टेलिङ गर्नेदेखि स्पेकसमेत आफूखुसी बनाई अन्य ठेकेदारलाई बञ्चित गराएर टेण्डर हत्याउने गिरोह अझै हावी छ । राजमान मिश्र, ज्ञानेन्द्र बस्नेत, दिपक भट्ट, श्रवण अग्रवाल र मिलन मल्ल जस्ता ठेकेदारहरुका कारण सुरक्षा निकायकै बद्नाम हुँदै आइरहेको छ । मिश्र, भट्ट र बस्नेतले त नेपाल प्रहरी र सशस्त्र प्रहरीमा वर्षौंदेखि कब्जा जमाउँदै आइरहेका छन् ।

जाडो महिना सकिनै लाग्दा मिश्र र मल्ल सशस्त्र प्रहरीमा जाडोको सामान खरिदको ठेक्का हत्याउन लागि परेका छन् । सशस्त्र प्रहरी बलले हिमाली जिल्लामा कार्यरत जनशक्तिका लागि आवश्यक सामान खरिद गर्न टेण्डरको तयारी थालेको छ । जाडो महिना सकिनै लाग्दा झण्डै १८ करोड रुपैयाँ बराबरको जाडोका सामान खरिदका लागि हुन लागेको टेण्डरमा ठूलो आर्थिक चलखेल भएको छ । यो ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी कमसल सामान खरिद गरेर ५ करोड भन्दा बढी भ्रष्टाचार गर्न लागिएको समेत स्रोतको दावी छ ।

ठेकेदार श्रवण अग्रवाललाई ठेक्का दिलाउन प्रशासन तथा मानवस्रोत विभागका एआइजी नारायणदत्त पौडेल र प्रबन्ध महाशाखाका प्रमुख एसएसपी दीपेन्द्र कुँवर लागि परेका छन् । अर्का ठेकेदार मिलन मल्ललाई टेण्डर दिलाउन भने स्वयं सशस्त्रका आईजीपी राजु अर्याल नै लागि परेको स्रोत बताउँछ ।

जाडोका लागि खरिद गरिन लागिएका ती सामान टेण्डर सूचना निकालेर आपूर्ति गर्दासम्म गर्मी लागिसक्ने अवस्था छ । सामान खरिदका लागि आईजीपी अर्यालको निर्देशनमा प्रशासन तथा मानवस्रोत विभागका एआइजी पौडेल र प्रबन्ध महाशाखाका प्रमुख एसएसपी कुँवरले ठेकेदारसँग चलखेल गर्न थालेका हुन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पीए भानु देउवाका ज्वाइँ नाता पर्ने दीपेन्द्र कुँवरले ठेकेदार मिलाउने जिम्मा लिएको समेत स्रोतको दावी छ । क्षमतामा कमजोर मानिने कुँवरलाई धेरै बरिष्ठ एसपी हुँदाहुँदै भानुकै दबाबमा ब्याचै उछिनेर एसएसपीमा बढुवा गरिएको थियो ।

कुँवरले ठेकेदार अग्रवाल भन्दा पनि मिलन मल्लसँग बढी हिमचिम बढाएका छन् । मल्ल सशस्त्रका आइजीपी राजु अर्यालको निवासमा बारम्मबार जाने आउने गर्दछन् । उनी अर्यालसँग आफ्नो राम्रो सम्बन्ध भएको दावी गर्दै टेण्डर हत्याउन लागिपरेका हुन् । यो ठेक्कामा एसएसपी कुँवरले अग्रवाल र मल्लसँग पटक–पटक मिटिङ बसिसकेको बताइएको छ ।

त्यस्तै नेपाल प्रहरीमा ठेक्का हत्याउँदै आएका अर्का ठेकेदार राजमान मिश्रले पनि मल्ललाई काम दिलाउन छुट्टै ढंगले सेटिङ गरिरहेका छन् । मिश्र उनै व्यक्ति हुन्, जसले कोषराज वन्तलाई आईजीपी बनाउन ठूलो लगानी गरेका थिए । मिश्रले वन्तको पालामा सबै ठेक्कापट्टामा मल्ललाई पनि साथ लिएर काम गरेका थिए ।

एआइजी नारायणदत्त पौडेल र प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरले भने श्रवण अग्रवाललाई हिमाली सामानको ठेक्का दिलाउन कसरत गरिरहे पनि मिश्रले मल्ललाई काम दिलाएर कमिसन हात पार्न लागि परेका छन् ।

सशस्त्रको खरिद घोटालामा परि चार पूर्वआइजीपीहरु सनत बस्नेत, बासुदेव ओली, शैलेन्द्र श्रेष्ठ र कोषराज वन्तले भ्रष्टाचार मुद्दा खेपेका थिए । अहिले अर्याल पनि मल्ल, अग्रवाल र मिश्र जस्ता बद्नाम ठेकेदारहरुका कारण अख्तियारको फन्दामा नपर्लान भन्न सकिन्न । जवकी राजमान मिश्रलाई कोटेशनका आधारमा ठेक्का दिलाउँदा नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र प्रवन्धका डिआईजी दिपक थापामाथि पनि अख्तियारले डण्डा वर्षाउने अवस्था देखिएको छ ।अनलाइन नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय