
धमेन्द्र प्रसाद यादव – २७ पुष । वीरगजमा रहेका यातयात कार्यलयमा दलालहरुको बिगबिगी बढन थालेपछि खुलेआम घुष लेनदेन कार्य भईरहेको समाचार प्राप्त भएको छ ।
हामीलाई प्राप्त जानकारी अनुसार केही महिना देखी चालक अनुमतीपत्रका लागी ट्रायल तथा लिखतको परिक्षामा पास गराउनमा दलालहरु नै सक्रिय रहेका छन ।
दैनिक सो कर्यालयमा दलालहरुको भिड लाग्ने गरेका छन ।
सो कार्यलयका पियन शम्भु गुरुग तथा कम्पुटर अपरेटर रबि चौधरी तथा दलाल बिच साटघाट रहेको पाईएको छ । वीरगजका केही नुमुद पत्रकारहरु तथा सुरक्षा निकायलाई दुवैजनाले आफनो हाथमा परि अवैध काम गरिहेको पाईएको छ । गुरुगले अवैध रुप्मा मोटो रकम लिई सयौजनालाई हालैमा पास गराएको प्रमाण फेला परेको छ ।
एक कर्मचारीले दिएको भिडीयो अनुसार ति व्यक्तिले फेल भएको तर उनले पास भएको हिजो रसिद समेत काटेर आफनो घर फरर्केको प्रमाण भेटिएको छ ।