
काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ ।
सातवटै प्रदेश प्रहरीको नेतृत्व पनि फेरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नलप्रसाद उपाध्यायलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका सरुवा गरिएको छ ।
डीआईजी बसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् भने मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका काज भएको छ ।
कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा पुगेका छन् भने क्र्णाली प्रदेश प्रहरीको नेतृत्व भीमप्रसाद ढकाललाई दिइएको छ ।
डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी,गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङ र प्रदेश १ प्रहरी कार्यालयमा श्यामलाल ज्ञवालीको काज सरुवा भएको छ ।
को कहाँ पुगे सूची हेर्नुहोस्