अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ पुष २८, बिहीबार २०:१० बजे

वीरगंज । गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार नेपाल प्रहरीका मधेश प्रदेश प्रहरी प्रमुख मसाउद आलम खाँ सहित १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको पुस २८ गते बिहिबार काज सरुवा भएको छ । सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन्।

९ माहिना मधेश प्रदेश बसेका डीआईजी मसाउद आलम खाँको काज सरुवा अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमा सरुवा भएको हो ।

बिहीबार गरिएको काज सरुवा अनुसार डीआईजी मसाउद आलम खाँको ठाउँमा मधेश प्रदेश नयाँ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) बसन्त बहादुर कुवर आउने भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय कार्य बिभाग कार्य निर्देशनालय नक्साल काठमाडौं बाट मधेश प्रदेशमा कुवर आउने भएका हुन ।

गृह मन्त्रालयामा रवि लामिछाने आएपछि प्रहरी उच्च अधिकारीको सरुवा भएको यो पहिलो निर्णय हो ।  सरुवा हुने डीआईजीहरुमा दीपक थापा बागमती, टेकप्रसाद राई लुम्बिनी, वसन्त कुँवर मधेस, अशोक सिंह सुदुरपश्चिम, भिम ढकाल कर्णाली, श्यामलाल ज्ञवाली १ नम्बर प्रदेश, बुद्धिराज गुरुङ गण्डकी, दुर्गा सिंह भरतपुर शिक्षालय र किरण राणाको एयरपोर्टमा सरुवा भएको छ ।

सूचीसहित:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय