
वीरगंज । मधेशमा जारी सितलहर र चिसोले प्रभावितहरुलाई कम्बल वितरण गरिएको छ ।
सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सितलहर केन्द्रित राहत वितरण कार्यक्रम अन्तरगत छिपहरमाई गाउँपालिका वार्ड नं १ र २ का गरिव, असाह्य तथा अति बिपन्न बर्गका ७१ घर परिवारलाई कम्बल बितरण गरिएको गणका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताए ।
नं ४० रिजर्भ गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक सन्जय भट्टराईको प्रमुख आतिथ्यतमा शुक्रबार बिहान छिपहरमाई गाउँपालिका –१ मिर्जापुर बिओपी परिसरमा कम्बल वितरण कार्यक्रम भएको थियो ।
कम्बल बितरण पश्चात कार्यक्रममा प्रमुख अतिथी तथा नं ४० रिजर्भ गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक सन्जय भट्टराईले आफ्नो मन्तव्य राखेका थिए ।
छिपहरमाई गाउँपालिका – १ का वडा अध्यक्ष कामेश्वर यादवले चिसोको समयमा सशस्त्र प्रहरी परिवार महिला संघले यस क्षेत्रका गरिव, असाह्य तथा बिपन्न बर्गका घर परिवारमा कम्बल वितरण गरेर निक्कै सराहनीय काम गरेको बताए ।
सो कार्यक्रममा १३ गणका निमित्त गणपती सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेत, महिला सङ्घकी अध्यक्ष् रश्मि थापा , मिर्जापुर बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश कोइराला ,प्रहरी चौकी टिहुकीका इन्चार्ज, प्रहरी चौकी मिर्जापुर इन्चार्ज , रुपेश उपाध्याय , रमेश बरै , पपु यादव , उदेश पाण्डे , मनोज पेल , पत्रकार तथा नागरीक समाजका अगुवाहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन बिओपी भिस्वा बन्जारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुनिल कुमार दासले गरेका थिए ।