
पर्सा ५ माघ । पर्साको धोबिनी गाउँपालिका वडा न ४ का वडा अध्यक्ष अबास मियाले अाज देखि जेस्टनागरिक ,एकल महिला र अपांग हरुको पेसन वडामा पुगेर बितरण गरेका छन ।वडाअध्यक्ष मियाले एकल महिला र अपांग हरुलाई बैंकमा लाईन लागेर समस्या नहोस भन्दै यस्ता बृद्ध हरुलाई सहज होस भन्दै घर दैलोमा पुगेर बाढन सुरु गरेका छन । बिहिवार धोबिनी गाउँपालिका वडा नं ४ देखि बृद्धा पेनस्न शुरु गरेका छन। तीन महिनाको १२ हजारको दरले बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत नवाज हुसेनले बताएका छन। बृद्धा पेन्शन लिएर वडाअध्यक्ष लगायत बैंक कर्मचारी हरु वडामा पुगेर रकम बितरण गरिएको हुसेनले जनाएका छन।