अपडेट 
कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत | विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित | खानेपानी मन्त्री खानले भने – सबै मन्त्रालयले मेरो जति काम गरे देश बन्न समय लाग्दैन |
२०७९ माघ १८, बुधबार १७:२४ बजे

विराटनगर – १८ माघ । लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो १२० मिलिग्राम खैरो हेरोइनसहित विराटनगर महानगरपालिका–१५ का २० वर्षीय नजाम खानलाई पक्राउ गरेको थियो । खानले नाम लिएपछि प्रहरीले सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादवलाई पक्राउ गरेको हो ।

भारतको जोगवनीबाट लागूऔषध ओसारपसार गर्न भरियाको प्रयोग गरेको आरोपमा विराटनगर महानगरपालिका–१४ मा बस्दै आएका सहायक हवल्दार यादव पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भएका यादव विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत छन् । प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा खानले प्रहरी सहायक हवल्दार यादवले जोगवनीबाट लागूऔषध ल्याउन लगाएको बयान दिएका थिए । त्यसपछि उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि प्रहरी सहायक हवल्दार अमरनाथ यादवमाथि माथि अनुसन्धान भइरहेको बताए ।

‘लागूऔषसहित पक्राउ परेका व्यक्तीले नाम लिएपछि अनुसन्धान भइरहेको छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय