अपडेट 
कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत | शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ | दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा |
२०७९ माघ १८, बुधबार १७:३३ बजे

काठमाडौं – १८ माघ । राष्ट्रिय किताबखाना (शिक्षक) को अनुसार विगतको वर्षहरुको तुलनामा राजीनामा दिने शिक्षकको दर बढेको छ । अघिल्लो वर्षको तुलना भन्दा कम देखिए पनि त्यो भन्दा अघिल्लो वर्षहरुको तुलनामा भने बढी देखिएको किताबखानाका कामु उपनिर्देशक रामराज खकुरेलले जानकारी दिए ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ हजार ८२६ जना शिक्षकले पेन्सन पट्टा लिएका छन् । त्यसमध्ये करिब दुई सय बढी शिक्षकले राजीनामा दिएका छन् । किताबखाना (शिक्षक) का अनुसार यो वर्ष २ हजार ६ सयले अनिवार्य अवकाश लिनेछन् ।

खकुरेलले अघिल्लो वर्ष स्थानीय तहको चुनाव, राजनीतिक दलहरुको चुनाव र स्थानीय तहले दिने गोल्डेन ह्यान्ड सेकलगायतका कारणले राजीनामा दिनेको संख्या अत्यधिक रहेको बताए । उनी भन्छन् ‘गत वर्षको तुलनामा राजीनामा दिने शिक्षकको संख्या कम देखिएको छ तर विगतको वर्षहरु भन्दा चाहीं बढी हो ।’

यो वर्ष राजीनामा दिने शिक्षक मध्ये अधिकांशको सेवा अवधि ३० वर्ष पुगेको र प्रविधिमार्फत पढाउन समस्या भएको जस्ता कारण रहेको बुझेको कामु उपनिर्देशक खकुरेल बताउँछन् । उनी भन्छन् ‘पालिकासँग मैले बुझ्दा अधिकांशले ३० वर्ष भइसक्यो अझै कति गर्नु भन्ने मनसायले र अर्को नयाँ प्रविधिमार्फत पढाउन नसक्ने भन्दै छोड्नेहरु रहेछन् ।’

उनको भनाइअनुसार पछिल्लो समय विभिन्न माध्यममा भएका पाठ्यसामग्रीहरुलाई पनि आधार बनाएर पढाउन पालिकाहरुले दबाब दिइरहेकोले प्रविधिमा ज्ञान नहुने र सिक्न गाह्रो मान्ने शिक्षकहरुले छोडिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय