२०७९ माघ २२, आईतवार १८:३३ बजे

पर्सा २२ माघ । जिल्ला कृषि सहकारी संघ लि. पर्साको ११ औँ बार्षिक साधारणसभा ठोरी गाउँपालिका स्थिति रानीबन पिकनिक पार्कमा सम्पन्न भएको छ | आ.बा. २०७८/०७९ को बार्षिक कारोबार ३,८५,२१७.५४/- को आय व्यय प्रस्तुत गरिएको छ | संघले स्थापना काल देखि सदस्य संस्था एवं कृषक बर्गको उत्थान, क्षमता विकास, शुसासन र व्यवस्थापनको लागि सरोकारवाला निकाय संग समन्वय, सहकार्य, छलफल, अन्तरक्रिया, संबाद र अध्यन्न अनुसन्धानको माध्यमबाट पैरवी र वकालत गर्दै आएको तथा भविष्यमा गरि रहने अध्यक्ष साहले बताए |
सहकारी संघ संस्थाहरु सदस्यहरुलाई सदस्यहरु द्वारा सदस्यहरुको सहभागिता र व्यवस्थापनमा संचालन हुने ब्यवासाईक संगठन हो | सहकारीका आधारभूत मूल्यहरुका साथै सिधान्तहरुको परिकल्पना गर्दै उधम्शिल्ताको विकास गरि सदस्यहरुको आर्थिक र सामाजिक तथा संस्कृतिक रुपान्तरणका लागि सहकारी संघ संस्था स्थापना भएका हुन् | सहकारी आर्थिक क्रियाकलाप गर्ने प्रजातान्त्रिक संगठन भएको कारण यसले सामाजिक एकीकरण, रोजगारी सृजना तथा गरिबी निवारणका लागि योगदान पुर्याउदै आएको छ | ग्रामिण समुदायमा वितिय पहुचका साथै घरेलु हिंसा न्यूनीकरण गर्दै लैंगिक ससक्तिकरण र बिपन्न बर्गको उताथान्मा सहकारी संघ संस्थाहरु सहायक सिद्ध भएको छ |
देश बिभिन्न आन्दोलन पशचात शान्ति समझौता भई संबिधान सभाबाट संबिधान जारी गरि अहिले तिन तहको सरकारको साशन ब्यवास्थाबाट संचालन भईरहेको आवस्था छ | मुलुकको आर्थिक सम्वृद्धि, सामाजिक न्याय तथा गरिबी निवारणका लागि सहकारीको अपरिहारतालाई मनन गर्दै नेपालको संबिधान २०७२ र नेपाल सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक, निजि र सहकारी क्षेत्र मार्फत समाजबाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्न तिनखाम्बे अर्थनीति सहकारी क्षेत्रको बिशेष भूमिलाई प्राथमिकतामा राखेकोले सहकारी क्षेत्रको महत्व थप उजागर भएको छ | हाल सहकारी क्षेत्रको योगदान वितिय क्षेत्रमा २१ प्रतिसत र कुल ग्राहस्थ उत्पादनमा करिब ४ प्रतिसत रहेको अनुमान गरिएको छ | यस क्षेत्रको योगदानलाई थप बृधि गर्न समग्र सहकारी संघ संस्थाहरुको प्रवर्दन र सुध्रीढीकरण गर्न आवस्यक रहेको छ | सोहि तिनखाम्बे अर्थनीति अनरुप यस क्षेत्रको सहकारीको भूमिका र योगदानलाई अझ बृधि गर्न सहकारीकर्मीहरु एक्युबध हुन् अध्यक्ष साहले आग्रह गरे |
यसै अनुरुप नेपालको सहकारी अभियानलाई नया चरणमा प्रवेश गराउनका लागि सहकारी ऐन २०७४ लागु भएको छ | यस संगै सहकारी अभियानको प्रवर्दन भइ उतपादन तर्फ आगाडी बढ्ने विश्वास गरिएको छ | संयुक्त राष्ट्र संघले आगामी २०३० का लागि निर्धारण गरेको दिगो विकास लक्ष्य प्राप्तिका १७ वटा लक्ष्यहरु मध्ये अधिकांस लक्ष्यहरु प्राप्तिमा सहकारीको भूमिकालाई बिशेस प्राथमिकतामा राखिएको छ | अझ नेपालले २०२२ सम्म बिकसिल मुलुकका रुपमा स्तरोन्नती गर्ने र सन् २०३० सम्ममा मध्यम आय गर्ने मुलुकका रुपमा स्थापित हुने लक्ष्य राखेकोले सहकारी क्षेत्रको भूमिका थप बृधि गर्नु पर्ने र मधेस प्रदेश सरकार र स्थानीय सरकार आफ्ना नीति नियम, कानुन एवं मापदण्ड बनाई यस अभियानमा सहयोग पुर्याउने आवस्यकता रहेको छ |
जिल्ला कृषि सहकारी संघ लि. पर्साको ११ औँ बार्षिक साधारणसभाबाट सर्वसम्मत आगामी ४ बर्षको लागि १५ सदस्यीय संचालक समितिको अध्यक्षमा शिव कुमार साह, वरिष्ठ उपाध्यक्ष सन्जित चौधरी, महिला उपाध्यक्ष निलम भारती, महासचिव अनरुध प्रसाद, सचिव नबिआलम राउत गद्दी, कोषाध्यक्ष दिलिप रौनियार लगायतका सदस्यहरु निर्वाचित भएका छन । संघका अध्यक्ष शिव कुमार साहको अध्यक्षता भएको कार्यक्रमको संचालक अरबिन्द कुमार साह, स्वागत मन्तब्य रामबाबु यादवले गर्नु भएको थियो भने बार्षिक प्रतिबेदन अध्यक्ष शिवकुमार साह र लेखा प्रतिबेदन संयोजक अरविन्द कुमार साह एवं आर्थिक प्रतिबेदन तथा बार्षिक बजेट कार्यक्रम अनरुध प्रसाद चौधुरीले प्रस्तुत गर्नु भएको थियो भने पत्रकार एवं सुरक्षा निकाय गरि कृषि सहकारी संस्थाका ५८ संस्थाको प्रतिनिधित्व रहेको थियो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय