अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ माघ २५, बुधबार ०९:५१ बजे

वीरगंज । संघीय सरकारको तर्फबाट निर्माण भइरहेको सडक ढलानमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ । पर्साको छिपहरमाई गाउँपालिकास्थित संघ सरकार अन्तर्गतको सघन सहरी तथा भवन निर्माण कार्यालय वीरगंज पर्साको बजेटबाट निर्माण भइरहेको पक्की ढलान सडकमा मापदण्ड विपरीत कमसल सामग्री प्रयोग भएको पाइएको हो ।

सघन सहरी विकासका कर्मचारीहरुले ठेक्केदारको मिलेमतोमा कुल बजेटको ६० प्रतिशतसम्म रुपैयाँ भ्रष्टाचार गर्न सडक निर्माणका क्रममा मापदण्ड विपरीत गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिरहेको स्थानीयको गुनासो छ ।

छिपमहरमाई गाउँपालिका अन्तर्गत पर्ने तुलसी बर्वादेखी भिस्वाको जवाहिर साहको घरसम्म बनेको पक्की ढलान सडकमा कमसल सामग्री प्रयोग गरी विकासे बजेटको रकम कर्मचारी र ठेक्केदारको मिलेमतोमा अनियमितता गरिएको छ ।

५ फिट उचाई र ६ फिट चौडाई माटो पुरेर ढलान गर्नुपर्नेमा माटो नै नपुरी ढलान गरिएको स्थानीयको भनाइ छ । सो पक्की ढलान सडक निर्माणका लागि ८ एमएमको ३१ वटा छड राखी ६ इन्च ग्राबेल गरी ५३ ग्रेडको सिमेन्ट लगाउनुपर्ने बजेटको स्टीमेट रहेको छ । तर बजेटको रकम बाँडफाँड गर्न सघन शहरी कार्यालय वीरगंजका प्रमुख झपटबहादुर थापा, साइडका इन्चार्ज प्राविधिक इन्जिनियर विवेक नेपाल, अजयकुमार सहनी र ठेकेदारले ४३ ग्रेडको सिमेन्ट प्रयोग गरी मापदण्ड अनुसार छड पनि प्रयोग नगरी सडक निर्माणमा गुणस्तरहीन कार्य गराएका छन् ।

ढलान गर्दा फोरेको र २० एमएम डाउन गिटी प्रयोग गर्नुको सट्टा ठूलो ठूलो र गोलो गिटी प्रयोग गर्नुको साथै कम सिमेन्ट, बढी बालुवा र गिट्टी राखी सडक निर्माणको काम गारिएको छ । यतिमात्रै नभई ढलान गर्दा रडमा अनिवार्य कभर लगाउनुपर्ने हुन्छ तर त्यस्तो केही नगरी एक जालीदेखि अर्काे जालीको बीचमा १० इन्चदेखी १ फिटको दूरीमा छडको जाली लगाई गुणस्तरहीन काम भएको छ ।

मापदण्ड अनुसारको रड नराखी गुणस्तरहीन काम गरेर कम खर्चमै सडक निर्माण गरी बाँकीको रकम खाने नियतले कर्मचारीसहित ठेक्केदारले सरसफाई बिनै पानी नै नहाली माटोमाथि उब्जेको घाँसमाथि नै भाइब्रेशन नै नगरी ढलान गरिएको स्थानीयले बताएका छन् ।

२०७८ असार २५ गते सो कार्यालयले दिपु सुवेदी जेभी कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको देखिन्छ । करीव २ करोड ५० लाखको लागतमा २ किलोमिटरको उक्त सडकमा मापदण्डबिपरीत गुरस्तरहीन निर्माण गरेको भए पनि डिभिजन प्रमुख थापाले समे ठेकेदारलाई साथ दिएका छन् । सो पक्की ढलान सडक निर्माणका लागि संघ सरकारले करिब २ करोड ५० लाख रुपैयाँको बजेट मातहतका सघन सहरी विकास कार्यालयलाई दिएको थियो ।

डिभिजन प्रमुख थापासहित इन्जीनीयरहरुलाई मोटो कमिसनको प्रलोभनमा पारी दिपु सुवेदी जेभी कन्ट्रक्सनले ठेक्का लिएको थियो । दिपुले आशिष कन्ट्रक्सनका स्थानीय रवि चौरसियाललाई पेटी ठेक्का दिएको छ । सडक निर्माणको क्रममा तोकिएअनुसारको ५० प्रतिशत पनि मापदण्ड पूरा नगरी गुणस्तरहीन काम भएकोबारेमा स्थानीयले ध्यानाकर्षण गराउँदा पनि डिभिजन प्रमुख थापाले नसुनेको गुनासो स्थानीयको छ । डिभिजन प्रमुखदेखि सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक र सचिवसम्म कमिसनको हिस्सा पुग्ने भएकाले सडक निर्माणमा गुणस्तरहीन काम हुँदा पनि कोही पनि नबोलेको बताइन्छ ।

स्टीमेट अनुसार एम २० ग्रेडको ढलान गर्नुपर्ने छ । जसमा १ भाग सिमेन्टमा १.५ भाग बालुवा, ३ भाग गिटी र १० इन्चको फराकिलो छड राखेर मात्रै ढलान गर्नुपर्ने कानुनी व्यवस्था छ । तर एम १० ग्रेडको ढलान गरी गुणस्तरहीन काम भएको स्थानीयले गुनासो गरेपछि अनुगमनका लागि साइडमा इन्जीनीयर अजयकुमार सहनी पुगे । इन्जीनीयर सहनीले आफैं निर्माणस्थलमा पुगी साइड हेर्दा लागत स्टीमेट बिपरीत कार्य भइरहेकाले काम रोकेर आएको स्वीकार गरे । जतिभन्दा पनि ठेकेदारले नमानेकोे सहनीको भनाइ थियो ।

सघन सहरी कार्यालय वीरगंजका प्रमुख झपटबहादुर थापाले ढलान भत्केको फुटेको अवस्थ नै नभएको खण्डमा गुणस्तरहीन काम भएको भन्न नमिल्ने भन्दै ठेक्दारकै पक्षपोषण गर्ने प्रतिक्रिया दिए । एम २० ग्रेड ढलानको सट्टा एम १० ग्रेडको ढलान गरिएको र माटो पुर्ने कामै नगरी अन्य थुप्रै मापदण्डबिपरीत काम भएको छ भन्ने प्रश्नमा स्थानीय वा तपाईंलाई कसरी थाहा भयो भन्दै गोलमटोल जवाफ दिए । उनले बजेट नभएकाले भुक्तानी नगरिएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय