अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ माघ २५, बुधबार १३:२० बजे

काठमाडौं । विवादै विवादमा पर्दै आएका एसपी कृष्ण प्रसाईँमाथि फेरि छानबिन सुरु भएको छ । महाराजगञ्जस्थित २ नम्बर गणमा अनियमितता र शोषण गरेको आरोपमा काठमाडौैं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले प्रसाईँमाथि छानबिन थालेको हो । स्रोतका अनुसार गणकै प्रहरीबाट उजुरी आएपछि छानबिन समिति नै गठन गरिएको छ ।

छानबिन सुरु भएलगत्तै एसपी प्रसाई लुम्बिनी ट्राफिक इन्चार्जका रुपमा पठाइएपछि गणका प्रहरीले असन्तुष्टि जनाएका छन् । उनीमाथि यसपटक पनि कारबाही हुनेमा आशंका व्यक्त गरिएको छ ।

गत वर्ष सर्लाहीमा हुँदा पनि अनियमितताको आरोप लागेपछि तीन महिनौ उनको सरुवा भएको थियो । त्यसअघि बलात्कार जस्तो गम्भीर आरोप उनीमाथि लाग्यो, तर उनी जोगिदै आएका छन् । जोगिनेमात्र होइन पटक–पटक अवसर पनि पाउँदै आएका छन् ।

यसअघि लुम्बिनी ट्राफिकमा एसपी श्यामकृष्ण अधिकारीको सरुवा भएको थियो । तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई प्रभावमा पारेर इन्चार्जबाटै इन्चार्जमै सरुवा भएको थियो । त्यसलाई हाल संशोधन गरिएको छ ।

उता कार्यक्षमतामा कमजोर एसपी भरत बिकले बढुवा भएको ६ महिनामै रुपन्देही इन्चार्ज पाएका छन् । उनका ब्याचका काबिल अधिकृतहरु अझै डिएसपीमै छन् । तर, पहुँचका आधारमा बढुवा परेका उनले सुरुमै महत्वपूर्ण जिल्लाको इन्चार्ज पाएकोमा प्रहरीले आश्चर्य व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय