अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ फाल्गुन १२, शुक्रबार १८:४९ बजे

पर्सा १२ फाल्गुन पर्साको पोखरिया नगरपालिका वडा नं ३ बसन्तपुर मा अाज दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। दिउँसो दुई बजेको समयमा भएको दुर्घटनामा परि भारतीय नम्बरको मोटरसाईकल चालक भारत विहार जिल्ला बेतिया पश्चिम चम्पारण सिकटा बजार निवासी मुन्ना मियाँ चुरिहार का २२ बर्षिय छोरा कैयफली उर्फ गोलु मियाँ चुरीहारको मृत्यु भएको प्रहरीले जनाएको छ।
चुरीहारले चलाएको बीआर २२ एन ३७९६ नम्बरको मोटरसाईकलले लंगडी चौक बाट पोखरिया तर्फ जाँदै गरेको अवस्था मा ना १५ प ५०३६ नम्बरको मोटरसाईकल अापसमा ठककर भएपछी गम्भिर घाईते भएका थिए।
उनको उपचारको क्रममा पोखरिया अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । अर्को मोटरसाइकल चालक पर्सा जगरनाथपुर गाउँपालिका–५ चिलझपटी बस्ने ३४ बर्षिय श्यामबाबु यादवलाई पक्राउ गरिएको उनले बताए। घटना पछी ईलाका प्रहरी कार्यालय पोखरिया का टोली ले घटना स्थलमा पुगी मृतक चुरिहार को शब लाई पोस्ट मार्टम का लागि बिरगंज नारायणी अस्पताल मा पठाएको र मोटरसाईकल प्रहरी को नियन्त्रण मा रहेको घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको गिरीले बताए। मृतक कायफअली चुरिहार लंगडी चौकमा १० महिना देखि मोबाइल पसल गरि बस्दै अाईरहेको परिवारजन ले जनाए का थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय