
वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा हाजिर भएका छन्।
लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको गाउँपालिकाको कार्यालय प्रमुखमा साखा अधिकृत ओझा सोमबार दिउँसो हाजिर भएका हुन्।
उपाध्यक्ष सहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा ओझा हाजिर भएका हुन्। एक कार्यक्रमकाबीच गाउँपालिका उपाध्यक्ष लिलावती देबी, वडाध्यक्ष कमेश्वर यादव , महेन्द्र साह कलवार, दिपेन्द्र सिंह , रामेश्वर महतो केवट , मौजीलाल साह कानु , शिक्षा शाखा प्रमुख मुकेश चौरसिया , उपाध्यक्ष प्रतिनिधि किशोरी साह कानु, निवर्तमान निमित्त प्रमुख पशासकीय अधिकृत शम्भु साह , लगायतका कर्मचारीहरुले खादा फुलमाला अबिर लगाई प्रमुख प्रशासकीय अधिकृत ओझाको स्वागत गरेका थिए । ओझा विश्रामपुर गाउँपालिकाबाट सरुवा भई छिपहरमाई आएका हुन् ।
कार्यालयमा हाजिर भएपछि ओझाले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन्। नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख ओझाले कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन्।