
२०७९ फाल्गुन १८, बिहीबार ०६:४५ बजे
वीरगंज । अतिक्रमण गरिएका सडक वडाअध्यक्ष सिंहले खाली गराएका छन । लामो समय देखि छिपहरमाई गाउपालिका को वडा नं. ३ टोल झलमहियामा रहेको सुपनबाबा मुल बाटो अतिक्रमणका चपेटामा परेर साँगुरिएको थियो ।
सडक साँगुरिदा सवारी आवत जावत गर्न समस्या हुँदै आएको थियो । छिपहरमाई -३ का वडा अध्यक्ष दिपेन्द्र सिंहले बुधबार गाउँपालिकाको डोजर लगाएर सडक अतिक्रमण खाली गराएका थिए ।