अपडेट 
यस्तो छ सीके राउतको जनमत पार्टी सरकारबाट वाहिरिनुको दुई कारण | कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत | शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ | दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए |
२०७९ फाल्गुन २८, आईतवार १४:५४ बजे

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार नेपाल प्रहरीमा रिक्त पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि नायब महानिरीक्षक (डीआईजी)हरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम सिफारिस गर्‍यो ।

११ चैतदेखि प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अकाश पाउने भएपछि एआईजीबाट आईजीपी नियुक्त गर्न गृह मन्त्रायलले बढुवा गरेको हो । यद्यपि, प्रहरीको ३० वर्षे सेवा अवधि हटाउनेबारे भने गृहकार्य भइरहेको छ । ३० वर्षे सेवा अवधि कायमै रहे हाल एआईजीमा बढुवा सिफारिस भएका कुँवर, राई, थापा, ज्ञवाली र बज्राचार्यमध्येबाट एक जना एआईजीको दर्ज्यानी चिह्न लगाएको एक साताभित्रै आईजीपी बन्नेछन् ।

हाल बढुवा सिफारिस भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी, थापा बागमती, ज्ञवाली कोसी प्रदेश प्रहरी प्रमुख र बज्राचार्य प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुखका रूपमा कार्यरत छन् । २०५१ चैत ५ र २०५२ भदौमा प्रहरी निरीक्षकमा भर्ना भएका उनीहरूसँगै ८ असारमा १७ जना एकैसाथ एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । तर, उनीहरूले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै आईजीपी बन्ने दौडमा पुगेका हुन् ।

सरकारलाई पाँच जनामध्ये आफूलाई उपयुक्त लागेको पात्रलाई आईजीपी बनाउन पाउने सुविधा छ । आईजीपीको प्रतिस्पर्धामा पहिलोपटक महिला एआईजीसमेत पुगेकी छिन् । यसअघि एआईजी पूजा सिंह बढुवा भए पनि आईजीपीको प्रतिस्पर्धी भने थिइनन् । त्यस्तै, पूर्वडीआईजी पार्वती थापासमेत एआईजी हुन नपाउँदा प्रतिस्पर्धाबाट रोकिएकी थिइन् ।

हाल बढुवा सिफारिस भएकी किरण बज्राचार्य भने आईजीपीको प्रतिस्पर्धामा पहिलो महिला हुन् । पूजा सिंहपछि प्रहरीको एआईजीमा बढुवा हुने उनी दोस्रो महिला हुन् । उनीसँगै डीआईजीमा बढुवा भएका उनकै ब्याचीहरू मीरा चौधारी, दुर्गा सिंह र किरण राणा भने पछि परेका छन् ।

चैत ११ मा आईजीपी सिंहले अवकाश पाउँदा प्रहरीमा फेरि ४ एआईजीको दरबन्दी रिक्त हुनेछ । सिंहकै ब्याची एआईजीहरू सहकुल बहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले अवकाश पाउनेछन् । रिक्त हुन चार एआईजीका लागि डीआईजीहरू सन्दीप भण्डारी, सुदिप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीम ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय