२०७९ चैत्र ६, सोमबार १९:३२ बजे

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणका लागि रुस पुगेका छन् ।

तीन दिने भ्रमणका लागि राष्ट्रपति सी आज दिउँसो रुसको राजधानी मस्को पुगेका हुन् ।



गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि सी पहिलो पटक रुस पुगेका हुन् । उनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग युक्रेन युद्धलगायत विषयमा वार्ता गर्ने बताइएको छ ।



रणनीतिक साझेदारीमा विस्तृत सम्झौता र युद्ध अन्त्यका लागि प्रस्ताव लिएर सी मस्को गएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय