अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र ६, सोमबार २०:३३ बजे

लमजुङ । मर्स्याङ्दी नदीमा खसेर हराइरहेका सशस्त्र प्रहरी जवान अनन्त महत तीन महिनापछि मृत भेटिएका छन् ।

गत पुस १५ गते भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जाँदै गर्दा पिसाव फेर्ने क्रममा भीरबाट लडेर मर्स्याङ्दीमा खस्दा ३२ वर्षीय महत मर्स्याङ्दीमा खसेका थिए ।



राइनास नगरपालिका ६, धमिलीकुवाछेउ मर्स्याङ्दी नदीमा आइतबार उनको शव तीन महिनापछि भेटिएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आइतबार अपराह्नतिर शव फेला परेपछि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको थियो ।



उनको शव परिवारले सोमबार सनाखत गरेको बताइएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेपछि नै महत हराइरहेका थिए ।

बेंसीसहरदेखि मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार उनी पिसाव फेर्न बाहिर निस्किएर सडक छेउमा गएका थिए । उनी रामेछापको लिखु तामाकोसी गाउँपालिका–४, बिजुली कोटका बासिन्दा हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय