२०७९ चैत्र ६, सोमबार २१:२८ बजे

काठमाडौं । राहदानी विभागले मंगलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ ।

सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ ।



विभागका सूचना अधिकारी खिमानन्द भुसालले मङ्गलबार बिहान १० देखि दिउँसो साढे २ः३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए ।



उनले भने, “भोलि मंगलबारका लागि आठ सय जनाले राहदानीका लागि फम भरेका र बिदा परेकाले पनि हामीले २ः३० बजेसम्म हाम्रो सेवा दिनेछौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय