अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र ७, मंगलवार ०७:२७ बजे

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा सहभागी हुने निर्णय गरेको छ। तर कसको नेतृत्वमा कोको नेता सहभागी हुने भन्ने कांग्रेसले निर्णय गरेको छैन।

उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि वा प्रकाशमान सिंह र शेखर कोइरालामध्येबाट पार्टीको नेतृत्व गराई पठाउने देउवाको तयारी रहेको स्रोतको दाबी छ।



उपसभापति खड्काले आफू सरकारभन्दा पार्टी संगठनमै लाग्ने बताउँदै आएका छन्। तर उपप्रधानमन्त्रीसहित पार्टीको नेतृत्व गरेर खड्का दाहाल नेतृत्वको सरकारमा जान सक्ने सम्भावना टरिनसकेको निकटस्थ बताउँछन्।



खड्का सहभागी नभएको अवस्थामा सिंह वा निधिले सरकारको नेतृत्व गर्न सक्ने नेताहरूको दाबी छ। सरकारको नेतृत्वसहित पराराष्ट्र मन्त्रालयको जिम्मेवारी पाए शेखर नै सहभागी हुन सक्ने आकलन गरिए पनि निकटस्थहरूलेत्यसलाई अस्वीकार गर्दै आएका छन्।

बरु शेखरको कोटाबाट उपसभापति धनराज गुरुङ, डिकबहादुर लिम्बुलाई दाहाल नेतृत्व सरकारमा पठाउने तयारी रहेको निकटहरूको दाबी छ। शेखर समूहबाटै सहमहामन्त्री बद्री पाण्डे, जीवनबहादुर शाही, दीपक गिरी, रामनाथ अधिकारी, रामकृष्ण यादवसहितका नेता मन्त्रीका आकांक्षी छन्।

त्यस्तै, सभापति देउवानिकट नेताहरू प्रवक्ता प्रकाशशरण महत, नेताहरू एनपी साउद, सीता गुरुङ, वीरबहादुर बलायर, मोहनबहादुर बस्नेत, अजय चौरसिया, रमेश रिजाल, किशोर सिंह राठोर, रामहरि खतिवडा र मोहनबहादुर बस्नेत मन्त्रीका आकांक्षी छन्। सभापति देउवा पत्नी आरजु राणाले आफैं सरकारमा सहभागी हुन चाहेकी छिन्। अर्थ मन्त्रालयको जिम्मेवारीसहित राणाले उद्योगीसमेत रहेका सांसद विनोद चौधरीलाई सरकारमा सहभागी गराउने चाहना राख्दै आएको स्रोतको दाबी छ।

साउद र बलायर कसलाई सरकारमा सहभागी गराउने भन्नेमा सभापति देउवा र पत्नी राणाको चाहना फरक रहेको निकट स्रोतको दाबी छ। पूर्वमहामन्त्री शशांक कोइराला दीपक खड्कालाई मन्त्री बनाउनुपर्ने पक्षमा उभिएका छन् भने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा प्रदीप पौडेलको पक्षमा रहेको बताइएको छ।

देउवा नेतृत्व अघिल्लो सरकारमा सहभागी भएर पनि कार्यसम्पादनमा चुकेको भन्दै पार्टीभित्रबाट आलोचना खेप्दै आएका ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, दिलेन्द्रप्रसाद बडुसहितका नेता पनि फेरि मन्त्री बन्न लागिपरेका छन्। सञ्जय गौतम, सन्तोष चालिसे, जीवन परियार, राजेन्द्र केसी, अर्जुननरसिंह केसीसहितका नेताहरू पनि मन्त्रीका आकांक्षी छन्।

समानुपातिकबाट सांसद बनेर पहिलो पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका नेताहरूले दाहाल नेतृत्व सरकारमा नपठाउन सभापति देउवामाथि नेताहरूले दबाब बढाउँदै गएका छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय