
२०७९ चैत्र ७, मंगलवार ११:२३ बजे
काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार ५ सय रूपैयाँले बढेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको पनि मूल्य बढेर तोलाको १ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।