२०७९ चैत्र ८, बुधबार ११:०३ बजे

वीरगंज -८ चैत । पर्सा प्रहरीले अवैध मदिरा भठ्ठी उत्पादन एवम बिक्री वितरणमा नियन्त्रण गर्न २-३ ठाँउमा मदिरा भठ्ठी फुटाई कार्यवाही गरेपनि पर्साको पश्चिमि ग्रामिण भेगका सबैठवा, भिस्वा, बन्जारी, टिहुकी, चारगाहा, झलमहीया,मिर्जापुर , आसवारी ,जानकीटोल, दसौता, अमरपटी लगायतका गाउँहरुमा स्थानीय प्रहरीकै संरक्षणमा अवैध मदिरा भठ्ठी संचालन भइरहेको पाइएको छ ।

स्थानीय प्रहरीको सहयोगले नै खुल्ला रुपमा मदिरा चुहाउने कार्य भइरहेको नाम नछापने सर्तमा एक स्थानीयले बताए । प्रहरीले मोटो पैसा लिएर अवैध मदिरा उत्पादनको अनुमतीनै दिएको जस्तो खुलेयाम रुपमा मदिरा चुहाउने कार्य भइरहंदा पनि प्रहरीले मदिरा उत्पादनमा अवरोध नगर्नुले प्रहरीकै संरक्षणमा अवैध मदिरा उत्पादन भइरहेको प्रस्ट रुपमा बुझ्न सकिन्छ ।

अवैध मदिरा भठ्ठी संचालन एवम उत्पादन गरे वापत निजहरुले स्थानीय प्रहरीलाई दर रेट तोकेर महिनावारी दिने गरेको स्रोतको दावी छ । अवैध मदिरा उत्पादन हुने उक्त भठ्ठीहरुबाट नेपाल र भारतका विभिन्न ठाउँहरुमा प्लास्टीकको झोला पाउच बनाएर विक्रि वितरणका लागी लैजाने गरेको स्रोतले जनाएको छ ।

भारतको बिहारमा मदिरा विक्रि वितरण तथा उत्पादनमा विहार राज्य सरकारले प्रतिबन्ध लगाएपछि नेपालसंग जोडीएको बिहारको सिमानाकाहरुमा यती खेर खुलेयाम रुपमा अवैध मदिरा उत्पादन तथा विक्रि वितरणले व्यापक्ता पाएको छ ।

प्रहरीका अवैध मदिरा नियन्त्रण अभियान ‘पानीका फोका’झैं हुने गरेको देखिएको छ । अवैध मदिरा उत्पादकको साम्राज्यसामु प्रहरी संगठन निरीह हुँदै आएको देखिएको छ । प्रहरीले बेला बेलामा घुस असुल्ने सेटिङ मिलाउन मदिरा उत्पादकलाई धम्काउने शैलीमा अवैध मदिरा नियन्त्रण अभियान चल्ने गरेको स्थानीयको भोगाइ छ । ‘सेटिङ’ मिलेपछि प्रहरीले नियन्त्रण अभियान बन्द गर्ने र मदिरा उत्पादकले कारोबारलाई निरन्तरता दिने गरेका छन् ।

प्रहरीले ७ वटा अबैध घरेलु मदिरा भठ्ठी फुटाई , ७ हजार लिटर कच्चा पदार्थ र १ हजार लिटर तैयारी मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालय, पर्साले विशेष सूचनाको आधारमा मंगलबार दिउँसो करिब ०४:३० बजेको समयमा पर्सा जिल्लाको दुईवटा गाउँपालिकामा संचालित अवैध घरेलु मदिरा भट्टी नष्ट गरिएको छ ।

पर्सा जिल्लाको पकहाँ मैनपुर गाँउपालिका वडा नं. ०३, पकहाँ र विन्दवासनी गाँउपालिका वडा नं. ०४, अमरपट्टीमा विभिन्न व्यक्तिहरूले अबैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिरहेको अवस्थामा त्यहाँ बाट खटी गएको प्रहरी टोलीले उक्त स्थानमा रहेका सात वटा रक्सी भट्टीमा ७ हजार लिटर कच्चा पदार्थ र १ हजार लिटर तैयारी घरेलु मदिरा नष्ट गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् । यस बिषयमा पर्साको एसपी कोमल बिक्रम साहसंग बुझ्दा प्रहरी ध्रुत गतिमा काम गरिरहेको र छिटै सबै नियन्त्रण हुन्छ उनले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय