
२०७९ चैत्र ८, बुधबार १५:११ बजे
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
बैठक बिहिबार दिउँसो १ बजे बस्ने गरि बोलाईएको नेता शरदसिंह भण्डारीले बताए।
बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन, सरकारमा सहभागी, संगठन विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ ।
उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ ।