
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।
बैठकले गठबन्धनमा भएको सहमति अनुसार कांग्रेस-माओवादी केन्द्रसहितको दलहरुको सरकारको निर्माण गर्ने निर्णय गरेको छ ।
बागमतीमा राप्रपाले सरकार छाडेपछि संविधानको व्यवस्था अनुसार मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदैछन् । त्यसका लागि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ ।