
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा अन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ ।
२९ औं मिनेटमा नवीन लामाको कर्नरमा अन्तत तामाङले गोललाइनबाट शानदार हेडरमार्फत गोल गरेका हुन् ।
राष्ट्रिय टोलीका लागि अनन्तको यो तेस्रो व्यक्तिगत गोल पनि हो । यो खेलमा एपीएफ फुटबल क्लबका सनिस श्रेष्ठले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।
सशस्त्र प्रहरीको एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका सनिसले राष्ट्रिय टिममा परेपछिको पहिलो खेलमै डेब्युको मौका पाएका हुन् ।