२०७९ चैत्र ८, बुधबार १९:२४ बजे

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।

बुधबार साँझ बालुवाटारमा बसेको बैठकमा सो सहमति भएको हो । कांग्रेस नेता रमेश लेखकका अनुसार भागबन्डाबारे भने छलफल भएको छैन् ।



‘समसामयिक विषयमा छलफल भएको छ । सरकार विस्तारबारे छलफल भएको छ । कुन पार्टीले कति मन्त्रालय पाउने भन्नेबारे छलफल हुन बाँकी छ । चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे सबै दल सहमत छौँ,’ उनले भने ।



बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी रहेका थिए । बुधबारको बैठकमा सत्ता साझेदार अन्य दलका नेता भने सहभागी भएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय