अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र ८, बुधबार १९:४६ बजे

काठमाडौं । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले लाओसविरुद्ध दोब्बर अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेलमा नेपालले लावसविरुद्ध २-० गोलको अग्रता कायम गरेको हो । खेलको दोस्रो हाफको ५६ औं मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गरेका हुन् ।



गोलकिपर अगाडि बढेका बेला नवयुगले करिब ३५ यार्ड टाढाबाट गरेको प्रहारमा लाओसका गोलकिपर सेसाभाथ निरीह बने ।यसअघि अनन्त तामाङले ३०औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।



प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत उद्घाटन खेलमा नवीन लामाले बायाँतर्फबाट प्रहार गरेको कर्नरमा ६ यार्ड बक्सभित्र उत्कृष्ट रन बनाएका अनन्तले उत्कृष्ट गोल गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय