
काठमाडौं । गोरखाको हिउँपहिरोमा बुधबारदेखि फसेका पूर्वी नवलपरासीका दुई जनालाई उद्धार गरी हेलिकप्टरमा काठमाडौं लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सेनाको हेलिकप्टरबाट उनीहरूलाई काठमाडौं लगिएको हो ।
नवलपरासी पूर्वका दलदलेका २५ वर्षीय सौरभ खनाल र अनितालाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ।
सौरभको शरीरमा अक्सिजनको लेभल कम रहेकाले कम्तीमा २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।
हिउँमा फसेका उनीहरुलाई बुधबार बिहान प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार गरेको हो ।