२०७९ चैत्र ९, बिहीबार १३:२७ बजे

काठमाडौं । लललितपुर मेयर कप महिला टी-२० च्याम्पियनसिप क्रिकेटको उद्घाटन खेलमा आयोजक टिम ललितपुर मेयर ११ पराजित भएको छ ।

ललितपुर मेयरलाई सुदूरपश्चिमले ५१ रनले पराजित गरेको हो । कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।



सुदूरपश्चिमका लागि तेस्रो क्रमकी सम्झना खड्काले अविजित ५१ रन बनाइन् । ओपनर रुवी पोडारले ३३ बलमा ४ चौका सहति २८ रन बनाइन् । कविता जोशी २८ बलमा २ चौका र १ छक्का सहित २७ रनमा अविजित रहिन् ।



टिमकी कप्तान तथा ओपनर ब्याटर बिन्दु रावलले १४ बलमा १८ रन बनाउँदै सोनी पाख्रिनबाट बोल्ड भइन् । ललितपुरका लागि कृतिका मरासिनीले सर्वाधिक २ विकेट लिइन् ।

सुदुरपश्चिमले दिएको १३८ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर ११ ले २० ओभरमा ७ विकेट गुमाउँदै ८६ रन मात्रै जोड्न सक्यो । सुदूरपश्चिमका लागि रितु कनौजियाले सार्वधिक २ विकेट लिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय