अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र ९, बिहीबार १८:०१ बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिनेगरी छलफल गरिरहेका बेला सभापति देउवा बालुवाटार पुगेका हुन् ।



चैत ६ गते विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन दलसँग छलफल गरेर सरकारलाई पूर्णता दिने तयारी थालेका छन् ।



अहिले पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । छलफलका लागि सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगिसकेका छन् ।

छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने बताइएको छ ।

मन्त्रालय बाँडफाँटको विषयमा गठबन्धनमा रहेका शीर्ष चार दलबीच मात्रै परामर्श भइरहेको छ । वुधबार पनि प्रधानमन्त्रीले कांग्रेस, नेकपा एस र जसपाका नेताहरुसँग मात्रै छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय