२०७९ चैत्र ९, बिहीबार २०:०९ बजे

कैलाली । कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका यमराज जोशी विजयी भएका छन् ।

७२२ मतसहित निर्वाचित भएका जोशीले नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार हरिश खत्रीलाई १७ मतान्तरले पराजित गरेका हुन् । खत्रीले ७०५ मत प्राप्त गरेका छन् ।



नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पवन सुनारले ५४१ मत ल्याउँदै तेस्रो भए । यस्तै सचिवमा नेविसंघका सन्तोष पन्त ८५६ मत ल्याएर विजयी भएका छन् ।



यस्तै कोषध्यक्षमा नेविसंघकी अम्बिका चौधरी विजयी भएकी छन् । उनले ७६४ मत ल्याइन् । बुधबार भएको मतदानमा २३६८ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय