अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र ९, बिहीबार २०:४४ बजे

धनगढी । बागमती युथ क्लब सर्लाही मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

बिहीबार धनगढी रंगशालामा भएको उद्घाटन खेलमा विभागीय टिम एपीएफलाई १–० गोल अन्तरले हराउँदै बागमती युथ प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको हो ।



बागमतीको जितमा खेलको चौथो मिनेटमा अनिल राना मगरले विजयी गोल गरेका थिए । बागमतीले सेमिफाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।



सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको छैटौं संस्करणको उद्घाटन गरेका थिए । उनले सुदूरपश्चिम प्रदेश सरकार यस क्षेत्रको खेल विकासका लागि सधै सकारात्मक रहेको भन्दै प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।

सुदूरपश्चिम प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले प्रदेशको खेलकुद विकासका लागि सरकारले बजेटमा वृद्धि गर्नुपर्ने धारणा राखेका थिए । उनले प्रदेशको खेलकुदमा लगानी गरेको खण्डमा यस क्षेत्रका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा राम्रो नतिजा दिने दाबी गरे ।

आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले प्रदेशको गौरवको रुपमा रहेको खप्तड गोल्डकप प्रतियोगिता आयोजनाका लागि सहयोग पुर्याउने प्रदेश सरकार सहित सम्पुर्ण नीजि र सरकारी निकायप्रति आभार प्रकट गरेका थिए । बिहीबार सुरु प्रतियोगिता चैत १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा ६ ए डिभिजन, २ विदेशी र एक मोफसल र आयोजक गरि १० टिम सहभागी छन् ।

प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार ए डिभिजन क्लब खुमलटार एफसी र एभिनिर एफसी क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय