२०७९ चैत्र १०, शुक्रबार ०७:२२ बजे

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।

बैठक दिउँसो ४ बजे सिंहदरबारमा बस्न लागेको हो । बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रबारका लागि सारिएको थियो ।



बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । आज उनलाई बिदाइ गरिने छ ।



सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुबीच तीव्र प्रतिस्पर्धा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय