
२०७९ चैत्र १०, शुक्रबार ११:१२ बजे
काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघले बिहीबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको जनाएको छ ।