२०७९ चैत्र १०, शुक्रबार १२:१६ बजे

काठमाडौं । रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ ।

महानगर प्रहरीले सरसफाइ गरेर आज शुक्रबारदेखि सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको हो ।



२०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको थियो ।



तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

रानीपोखरीमा अब सर्वसाधारण बिनाटिकट जान पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय